विकिपीडिया

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
विकिपीडिया
A white sphere made of large jigsaw pieces. Letters from several alphabets are shown on the pieces
Wikipedia wordmark
विकिपीडियाको लोगो
वेब ठेगाना: wikipedia.org
नारा: The free encyclopedia that anyone can edit
व्यापारिक?: हैन
प्रकार: इन्टरनेट इन्साइक्लोपीडिया
दर्ता: अतिरिक्त, तर खाता बनाउदा सुरक्षित गरिएका पृष्ठहरुलाई संपादन गर्न मिल्ने
उपलब्ध भाषा(हरू): २७६ सक्रिय संस्करण (जम्मा २८६)
प्रयोगकर्ता: १,३०,८५८ सक्रिय योगदानकर्ता (मे २०१४),[१] १८,९९१ जम्मा खाता
विषयवस्तु अनुमति: सीसी एट्रीब्युसन / शेयर-अलाइक ३.०
स्वामित्व: विकिमिडीया फाउण्डेसन
निर्माणकर्ता: जिम्मी वेल्स, ल्यारी स्याङ्गर
आरम्भ : जनवरी 15, 2001 (2001-01-15) (13 वर्ष अघि)
अलेक्सा क्रम steady(जुलाई २०१४)[२]
वर्तमान अवस्था: सक्रिय

विकिपीडिया बहुभाषी वेबमा आधारित स्वतन्त्रखुला ज्ञानकोश हो । विकिपीडिया शब्द विकि (wiki, धेरैजनाले सहकार्यमा वेवसाइट तयार गर्ने प्रविधि) र इन्साइक्लोपीडिया (encyclopedia) जोडिएर बनेको हो । विकिपीडियामा स्वयंसेवकहरूबाट लेखहरू लेखिन्छ । यसका धेरैजसो लेखहरू इन्टरनेटमा पहुँच भएका जो कोहिले पनि परिवर्तन गर्न सक्छन् । विकिपीडियाका मुख्य सर्भरहरू संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यमा अवस्थित छन्। अन्य सर्भरहरू एम्स्टर्‍ड्यामसउलमा छन्। विकिमिडीया फाउण्डेसन नामको एउटा गैर-नाफामुखी संस्थाद्वारा सञ्चालित विकिपीडियाका प्रायजसो सबै पृष्ठहरूलाई विकिपीडियामा पहुँच भएका जसले पनि परिवर्तन गर्न सक्छ । सन् २००१ मा जिम्मी वेल्स र लारी स्यान्गरले यसको शुरुवात गरेका थिए । हाल यो ईन्टरनेटमा सबैभन्दा ठूलो र प्रख्यात सन्दर्भ समग्री हो । नेपालमा पनि विकीपिडीयाको स्थापनाकालदेखि नै प्रयोग हुँदै आएको पाइन्छ। खासगरी कुनै पनि विषयको जानकारी पाउने र आफूलाई थाहा भएको विषयमा जोसुकैले पनि लेख लेख्न वा सम्पादन गर्न सक्ने भएकोले विकिपीडियाको लोकप्रियता बढेको हो । हाल विश्वमा सबैभन्दा धेरै हेरिने ६ इन्टरनेट साइटमध्ये यो पनि एक हो । [३][४]

सबैभन्दा महत्त्वपूर्ण कुरा के छ भने विकिपीडियाले अहिलेसम्म आफ्नो पेजमा कुनैपनि कमर्सियल विज्ञापन राखेको छैन । विना विज्ञापनका सामाग्री निःशुल्क रूपमा पढ्न पाउनु अहिलेको युगमा आश्चर्यकै विषय हुन पुगेको छ । विकिपीडियामा लेख रचनाहरू योगदान दिने सबै व्यक्तिहरू स्वयंसेवी (Volunteer) हुन्। विकिपीडियामा विना कुनै पारिश्रमिक लेख रचना लेख्ने स्वयंसेवीको संख्या अहिले दशौं लाख पुगेको छ ।

नेपालमा विकीपिडीया[सम्पादन गर्ने]

नेपालमा सन् २००२ मा विकिपीडियाको नेपाली संस्करण सुरू गरिएको हो। हाल नेपाली भाषामा २६,७२३ वटा सानाठूला लेखहरू छन्। यसमा भएका जम्मा नेपाली पेजहरूको संख्या भनें ५० हजार भन्दा बढी छन् । नेपाली विकीमा हालसम्ममा १८,९९१ प्रयोगकर्ताहरू (Users) दर्ता भएका छन् जसमध्ये सरदर ११० जना सक्रिय रहन्छन् । अहिले नेपाली विकिपीडियामा १४ जना प्रवन्धकहरू छन् जसमध्ये हाल ५ जना विदेशमा र ९ जना नेपालमा बसेर नेपाली विकिपीडियाका सामग्रीहरू सम्पादन तथा व्यवस्थित गर्ने कार्यमा सरिक रहेका छन् । विकिपीडियामा नेपाली बाहेक नेपाल भित्र बोलिने अरू भाषामा पनि पेजहरू उपलब्ध छन् । जस्तै नेपाल भाषा, भोजपुरी भाषा, पाली भाषा

विकिपीडिया लगायत विभिन्न विकि परियोजनाहरूलाई प्रवर्द्धन गर्न तथा तिनलाई सहयोग गर्नका र अन्य स्रोत सामग्रीहरूको व्यवस्था गर्नका लागि विकिमिडीया फाउण्डेसन नामको संस्था कार्यरत रहेको छ। त्यसको नेपाल च्याप्टरको रूपमा विकिमिडिया नेपाल नामक संस्था स्थापना भएको छ । यसले नेपालमा बोलिने सबै भाषाका विकिहरूको प्रवर्द्धन तथा विकासका लागि सहयोग गर्दछ । यस संस्थाले कुनैपनि लेखमा नेपाल सम्बन्धि विवाद आइपरेमा त्यसको निवारण गर्ने समेत कार्य गर्नेछ ।

विकिपीडियाका शाखाहरू[सम्पादन गर्ने]

विकिपीडियामा विभिन्न शाखाहरू छन्। जस्तो कि विक्सनरी विक्सनरी, खुला पुस्तक विकीपुस्तक, विकी विश्वविद्यालय(विकीभर्सिटी), विकीसमाचार(खुला समाचार), विकी प्रजाति, कमन्स(कमन मिडियाको भण्डार), कथन(उक्ति संग्रह) आदि। नेपालीमा हाल विक्सनरी र विकीपुस्तक मात्र सञ्चालनमा छन्। यद्यपि बाँकी विषयमा पनि योगदान गर्न सकिने अवस्था छ । तपाइँ पनि विकिपीडियामा सम्पादक बन्ने होइन? हो भनें तपाईंको जानकारीमा भएका र तपाईंका रूचिका विषयहरूमा लेख लेख्न वा भएका लेखलाई सम्पादन गर्न निमन्त्रणा छ ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य श्रोत[सम्पादन गर्ने]