दक्षिणी गोलार्ध

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

निर्देशांक: 45°0′0″S 0°0′0″E / 45.00000°S 0.00000°E / -45.00000; 0.00000

पहेंलोमा देखिने दक्षिण गोलार्द्ध
दक्षिणी गोलार्द्ध दक्षिणी ध्रुवको माथी

दक्षिणी गोलार्द्ध[१] कुनै पनि ग्रहको आधा भाग हुने गर्दछ, जो उसको विषुवत रेखा भन्दा तल (दक्षिण तिर) हुन्छ। गोलार्द्ध भन्नाले आधा गोलाइ भन्ने बुझिन्छ। पृथ्वी दुई भागमा बाँडिएको छ, जसलाई उत्तरी गोलार्द्ध र दक्षिणी गोलार्द्ध भनिन्छ। उत्तरी गोलार्द्धको उत्तरी ‌भाग तथा दक्षिणी गोलार्द्धको दक्षिणी ‌भाग धेरै चिसो स्थान भएकोले त्यहाँ सधैंभरी हिउँले भरिएको हुन्छ। दक्षिणी गोलार्द्धको दक्षिणी ध्रुवमा त हिउँले बनेको विशाल महाद्वीप नै छ। यसको तुलनामा उत्तरी गोलार्द्धको उत्तरी ‌भाग पुरै हिसाबले ठोस छैन, तर यहाँ समुद्रका बीच ठाउँ-ठाउँमा विशाल हिमखन्डहरू भेटिन्छन्। दक्षिणी गोलार्द्धमा अस्ट्रेलिया ,दक्षिण अमेरिका, न्यूजीलेन्ड तथा अफ्रीका महाद्वीपहरूको दक्षिणी भाग पर्दछन्।

संदर्भ सामाग्री[सम्पादन गर्ने]