स्टालिन

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

इ.भि. स्टालिन (सन् १८७१-१९५३) - सोभियत रजनैतिक नेता । सन् १८९८ देखि रसियाली सामाजिक-जनवादी मजदुर पार्टी सदस्य, बोल्सेविक । अक्टोबर १९२० राजकीय नियन्त्रणसम्बन्धी जन कमिसार । पछि गएर मजदुर किसान नियन्त्रण कमिसारयाटको नेतृत्व गरे । सन् १९२२ देखि १९५२ सम्म पार्टी केन्द्रीय समितिका महासचिव, त्यसपछि सोभियत संघ कम्युनिष्ट पार्टीको समितिका सचिव । सन् १९४१ देखि १९४३ सम्म सुरुमा जनकमिसार परिषद् त्यसपछि सोभियत संघको मन्त्री परिषद्का अध्यक्ष ।

एक लामो अवधिसम्म पार्टी केन्द्रीय समितिको महासचिव पदमा रहेर स्टालिनले समाजवादको निर्माणको लागि देशका अन्य नेताहरूसँग मिलेर सक्रिय संघर्ष गरे, पार्टीविरोधी धाराहरू विशेष गरेर ट्रोत्स्कीवाद तथा दक्षिणपन्थी अवसरवादको पराजयमा निकै ठूलो भूमिका खेलेका थिए । साथै उनको नामसँग सोभियत समाजमा देखा परेका ती विकृतिहरू सम्बन्धित छन्, जसलाई कम्युनीष्ट पार्टीले मार्क्सवाद-लेनिनवादसँग मेल नखाने व्यक्तित्वपूजाकोरूपमा चित्रण ररेको छ ।[१]

स्रोतहरू[सम्पादन गर्ने]

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग ५-८. काठमाडौं: ऐरावती प्रकाशन, २०६३. p. ५६५