विकिपीडिया:नयाँ पृष्ठ कसरी आरम्भ गर्ने

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

नयाँ पृष्ठ भनेर अहिलेसम्म नेपाली विकिपिडियामा सृजना नभएको लेख बुझिन्छ । यदी नयाँ पृष्ठ आरम्भ गर्दै हुनुहुन्छ भने पहिला आफूले लेख्न लागेको लेखको सही हिज्जे (स्पेलिङ) पत्ता लगाउनुहोस् । नेपाली भाषामा प्रायजसो 'ब' वा 'व'; श, स वा ष; ह्रस्व वा दीर्घ आदिको कारणले भएको लेख पनि नभेटिने समस्या पाइन्छ ।

खोज्ने

खोज बाकसमा लेखको शीर्षकलेखेपछि खोज्ने बटन थिच्नुहोस् ।

शीर्षक टाइप गरेपछि खोज बटन थिच्नुहोस्

शीर्षक जाँच्ने

यसरी खोजेपछि नयाँ विन्डोमा खोज नतिजाहरू देखापर्छन् । तपाईंले लेख्न खोज्नुभएको लेख पहिला नै नेपाली विकिपिडियामा सृजना गरिएको छ भने तपाईंले टाइप गर्नुभएको शीर्षक नीलो रंगमा देखापर्नेछ । तर यदी त्यो शीर्षकको लेख नेपाली विकिपिडियामा नभए तपाईँको शीर्षक रातो रंगमा देखापर्नेछ ।

Screenshots of Nepali wikipedia 15.jpg

नीलो रंगको शीर्षक छ भने त्यो शीर्षकमा क्लिक गरेर तपाईं पहिला नै लेखिसकेको त्यो शीर्षकमा पुग्न सक्नुहुनेछ र आवस्यक सम्पादन गर्न सक्नुहुनेछ । तर तलको चित्रमा जस्तै रातो रंगमा शीर्षक देखापर्यो भने यो शीर्षकमा लेख सृजना भएको छैन भन्ने बुझ्न सक्नुहुन्छ । ध्यान दिनुहोस् 'ब' वा 'व'; श, स वा ष; ह्रस्व वा दीर्घ आदिको कारणले पनि तपाईँले उक्त लेख नभेट्नु भएको हुन सक्छ । त्यसको लागि तपाईं आफ्नो हिज्जे (स्पेलिङ) सही भए-नभएको जाँच गर्नुहोला ।

Screenshots of Nepali wikipedia 03.jpg

नयाँ पृष्ठ बनाउने

अब तपाईँ नयाँ पृष्ठ सृजना गर्दै हुनुहुन्छ । आफूले टाइप गरेको शीर्षक (रातो रंगको)मा क्लिक गर्नुहोस् । यसपछि तल देखिएको जस्तै सृजना पृष्ठ खुल्नेछ ।

Screenshots of Nepali wikipedia 04.jpg

लेख लेख्ने

Screenshots of Nepali wikipedia 05.jpg

संग्रह गर्ने

Screenshots of Nepali wikipedia 06.jpg
Screenshots of Nepali wikipedia 07.jpg

सन्दर्भ सामग्री खोज्ने

अब तपाईँको लेखको आधिकारिकताका लागि प्रमाण स्वरुप सन्दर्भ सामग्रीहरूको व्यवस्था गर्नुहोस् । तपाईंको लेखको लागि सन्दर्भ सामग्री अनलाइन नै हुनुपर्छ भन्ने छैन । भरोसा गर्न लायक कुनै प्रकाशन संस्थाको पुस्तक, समाचार पत्र, स्मारिका, बुलेटिन आदिलाई पनि सन्दर्भ सामग्रीको रूपमा प्रस्तुत गर्न सक्नुहुन्छ । यहाँ अनलाइन समाचार पत्रको एक उदाहरण दिइएको छ । तपाईंले लेख्ने तथ्य तपाईँको सन्दर्भ सामग्रीले प्रमाणित गर्नु आवस्यक छ ।

Screenshots of Nepali wikipedia 08.jpg

सन्दर्भ ढाँचा

Screenshots of Nepali wikipedia 09.jpg
Screenshots of Nepali wikipedia 10.jpg
Screenshots of Nepali wikipedia 11.jpg
Screenshots of Nepali wikipedia 12.jpg

लेखको श्रेणीकरण

Screenshots of Nepali wikipedia 13.jpg
Screenshots of Nepali wikipedia 14.jpg

इन्टरविकि लिङ्क गर्ने तरिका

Screenshots of Nepali wikipedia 1.jpg
  1. सबैभन्दा पहिले नेपाली विकिपीडियामा बनेको कुनै लेखमा जाने जसलाई इन्टरविकी लिङ्क सँग जोड्नु पर्नेछ । त्यस लेखको ठिक देब्रे पट्टी रहेको Languages ट्याबको तल लिङ्क सम्पादन गर्नुहोसमा क्लिक गर्नुहोस (चित्रमा देखाए झैँ) ।
Screenshots of Nepali wikipedia 2.jpg
  1. त्यसपश्चात चित्रमा देखाए झैँ भाषा भन्ने शीर्षकमा लेख बनिसकेको विकिपीडियाको नाम राख्ने जस्तै (अङ्ग्रेजीको लागी en, हिन्दीको लागी hi) र त्यसको ठिक तल पृष्ठ भन्ने शीर्षकमा लेखको नाम लेख्ने र अन्तमा पृष्ठसँग लिङ्क गर्नुहोसमा क्लिक गर्ने ।
Screenshots of Nepali wikipedia 3.jpg
  1. त्यसपछी आउने अर्को बक्समा निश्चित गर्नेमा क्लिक गर्ने ।
Screenshots of Nepali wikipedia 4.jpg
  1. सबैभन्दा अन्तमा पृष्ठ लिङ्क भइसकेको बक्स आउनेछ जसमा तपाईले संवाद बन्द गर्नुहोस् र पृष्ठ पुन: लोड गर्नुहोस्मा क्लिक गरेर पृष्ठलाई पुन लोड गर्नुहोला ।
Screenshots of Nepali wikipedia 5.jpg
  1. पृष्ठमा अन्तरविकि जोडिएको देख्न सक्नुहुन्छ ।

निर्देशन

नयाँ लेख आरम्भ गर्नु पर्याप्त महत्त्वपूर्ण काम हो। विशेषतः जब धेरै लेख कुनै खाली पन्नाहरूसित जोडिएका हुन्छन्।

विकिपीडियाका लेखहरूमा प्राय नैं धेरै लिंकहरू हुन्छन्। यदि लिंकको लेख विकिपीडियामा छ भने त्यो नीलो हुन्छ । यदि लिमकको लेख विकिपीडियामा छैन भने लिंकको रंग रातो हुन्छ। रातो लिंकलाई क्लिक गर्दा नयाँ लेखको पृष्ठ पाइन्छ। त्यहाँ तपाईं नयाँ लेख लेख्नुहोस् र आफ्नो योगदानलाई सुरक्षित गरिदिनुहोस्। यदि यसो गर्नु भयो भने तपाईंले विकिपीडियामा नयाँ पृष्ठ जोड्नुभयो।

धेरै जसो गलत हिज्जे (spelling)का कारण पनि लेख नराम्रो हुन्छ। नयाँ लेखलाई बनाउँदा हेर्नुहोस् कि कतै हिज्जे त गलत छैन। यस्तो हो भने हिज्जे सही गरिदिनुहोस्, लंक नीलो हुनु पर्छ। समानार्थ शीर्षक भएका लेखहरुलाई जोडनका लागि तपाईं पुनर्निर्देशन (Redirect)को प्रयोग गर्नुहोस्। उदाहरणका लागि हेर्नुहोस्: [विराटनगर उपमहानगरपालिका]। यहाँ लेखमा विशेष कमाण्ड छ #REDIRECT [[विराटनगर उपमहानगरपालिका]], सो बिराटनगर लेख आफ्नो लिंकलाई विराटनगर उपमहानगरपालिका लेखतिर पठाई दिन्छ। यस्तो यस कारण हुन्छ कि बिराटनगर र विराटनगर उपमहानगरपालिका एउटै सहरका दुइ नाम हुन्। यसका अतिरिक्त नेपाली एउटै शब्दका धेरै शिर्षकहरू हुन सक्छन्, सामान्य शिर्षक भएका नामलाई शुद्ध परम्परागत नाम भएका पन्नाहरुमा पुनर्निर्देशित गर्न दिनुपर्छ।