मधेसी जनअधिकार फोरम, नेपाल

मधेसी जनअधिकार फोरम, नेपाल

मधेसी जनअधिकार फोरमको जन्म गैरसरकारी संस्थाका रुपमा २०५४ सालमा भएको हो । २०५४ सालमा उपेन्द्र यादवको नेत्तृवमा विराटनगरमा भएको विभिन्न क्षेत्रका व्यक्तिहरुको भेलाले नेपालमा सामाजिक, आर्थिक र राजनीतिक समस्या मुख्य समस्याको रहेको भन्दै सचेतनामुलक कार्यक्रम गर्नुपर्ने निष्कर्ष निकाल्यो । यही भेलाले उपेन्द्र यादवको नेतृत्वमा मधेसी जनअधिकार फोरम नेपालको जन्म दियो ।  

फोरमको २०६० सालमा विराटनगरमा भएको पहिलो महाधिवेशनले नेपालमा राजतन्त्रको विरोधमा आन्दोलन गर्ने निर्णय ग¥यो । २०६२ साल चैतमा शुरु भएको आन्दोलनको सफलतापछि २०६३ साल माघ २ गते मधेश आन्दोलनको शुरुवात भयो । आन्दोलनले उठाएका ८ वटामध्ये मधेश स्वायत्व राज्यको माग सहित तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारसँग ०६४ साल फागुन १६ गते ८ बुँदे सहमति भयो ।

मधेस आन्दोलनको मुख्य उपलब्धि भनेकै अन्तरिम संविधानमा संघीयता भन्ने शब्दले प्रवेश पायो । त्यसको मुख्य जस मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई जान्छ । २०६४ सालको संविधानसभा चुनावमा फोरमले दलका रुपमा भाग लिई प्रत्यक्ष तर्फ ३० र समानुपातिक तर्फ २२ गरी जम्मा ५२ सिट जितेर संविधानसभाको चौथो ठूलो दल बन्यो । उसले समानुपातिक तर्फ ६ लाख ७८ हजार ३ सय २७ मत प्राप्त गरेको थियो । यो जम्मा खसेको मतको ६ दशमलव ३२ प्रतिशत हो ।

तर यो पार्टी लामो समयसम्म चौथो ठूलो शक्तिको रुपमा टिक्न सकेन । २०६६ सालमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागि हुने कि नहुने भन्ने विषयमा विवाद चर्किदै जाँदा पार्टी फुटेर फोरमका अर्का नेता विजय कुमार गच्छदारको नेतृत्वमा फोरम लोकतान्त्रिक पार्टी बन्यो ।
व्यक्तिका आधारभूत आवश्यकता पुरा गर्ने, लैगिक समानता कायम गर्ने,  स्वतन्त्रता, राष्ट्रियता र सामाजिक न्याय प्राप्त गर्ने मधेसी जनअधिकार फोरम नेपालका मुख्य उद्देश्य हुन् । 


अध्यक्ष          :   उपेन्द्र यादव
मुख्यालय       :     बालकुमारी, ललितपुर 

मधेसी जनअधिकार फोरम नेपालको घोषणा पत्र पढ्न यहाँ क्लिक गर्नुहोला ।

प्रतिक्रिया

सहभागी हुनुहोस्

Submit Report

आफ्ना कुरा भन्न माथिको फेसबुक, ट्वीटर, एसएमएस अथवा आईभीआरको संकेत चिन्हमा क्लिक गर्नुहोस् ।

परदेशीको आवाज

सबै हेर्नुहोस्

जनमत

Loading...

तस्वीर ग्यालरी सबै हेर्नुहोस्

हाम्रो फेसबुक पेज