kchhakhabar.com

गृहपृष्ठ अन्तरवार्ता आत्माको अभिब्याक्ति कबिता हो — कबि हेमन यात्री

आत्माको अभिब्याक्ति कबिता हो — कबि हेमन यात्री

इटहरी, २०७१ कार्तिक १९ गते

heman

पुर्वका पछिल्लो समयका चर्चीत मात्र हौन सुन्दर कबि हेमन यात्री लामो समयबाट कबित यात्रामा निरन्तर लागीरहेका छन् भने उनको पहिलो कबितास्रग्रह पाहाड मसितै यात्रा गर्छ प्रकासन भैसकेको छ । उनै कबि हेमन यात्रीसँग पशुपती अबिरलको कुराकानी
१.तपाईको कबितामा पाढकले पाउने फरक स्वाद के हो ?    
यो अप्ठ्यारो प्रश्न हो मेरा लागि । हेमन यात्रीको कवितामा फरक खोज्ने भनेको पाठकहरुले हो । एउटा कविले काम भनेको फरक गर्न खोज्नु हो ,या की आफ्नो कवितामा आफैले फरक छुट्याउनु होइन । त्यसो हुनाले यो प्रश्नको जवाफ पाठकहरुलाई छोडौँ क्यारे ।
२.तपाईको बिचारमा कबिता कस्तो हुनुपर्छ ?
कविता निश्चित यस्तै हुनुपर्छ भन्ने नै हुदैन । एउटा कविको कविता लेखन अनुभवबाट कविताप्रतिको बिचार निर्माण गर्ने हो । तर त्यो पनि अन्तिम सत्य भने होइन । मलाई त लाग्छ कविता कवितै जस्तो हुनुपर्छ सायद । जसरी इश्वरलाई रहस्यमय छ हामीबाट, कविता पनि त्यस्तै रहस्यम छ कविहरुसँग । इश्वरलाई मानिसले जसरी आफ्नो अनुकुलता अनुशार ब्याख्या गरेका छन्, कविता पनि कविहरुबाट त्यसरी नै परिभाषीत छ ।
३. कबिताले ब्याक्ति समाज परिवर्तन गर्छ ?परिवर्तन गर्छ भने कसरि ?
एउटा कवि जहिल्यै पनि सपनाको बाटो हिँड्ने गर्छ । तर कविको सपनालाई सम्बोधन गर्ने कोही अरुनै हुन्छन् । तपाइँले गर्नुभएको परिबर्तन सपनासँग सम्बन्ध राख्छ सायद । परिबर्तन भन्दा अघि जहिल्यै पनि परिबर्तन गर्ने सपना हुनुपर्छ हरेक मनिससँग । कवि भनेको पनि त्यहीँ हरेक मानिसहरुमध्येकै एक हो । हाम्रोमा गोपालप्रसाद रिमालले आजभन्दा पचास बवर्ष अघि नै आमाको सपना कविता मार्फत देश परिर्बनको बिराट सपना देखेका थिए । तर रिमालको सपना बुझ्ने लिडरहरु भएनन् हाम्रोमा । देश संकटमा भएको बेला कविहरुले यही सपना को बाटो हिँडेर कविताको माध्यमबाट खबरदारी गरि नै रहेका छन् । एक कविले समाजका लागि देशका लागि गर्ने कन्ट्रिब्यूसन यहीँ नै होला ।
४.राजधानीमा बसेर साहित्य सृजना गर्दा चाडो सफलता पाईन्छ भन्छन नी कसरी ?  
मलाई जानकारिमा नभएको कुरा हो यो त । सिर्जना जहाँ बसेर गर्दा पनि हुन्छ । काठमान्डुमा गरेको सिर्जना र मोप   mसलमा गरेको सिर्जना फरक भन्ने हुदैन । जहाँसम्म सफलताको कुरा छ ,यो सफलता त साधनामा भर पर्ने कुरा हो । साधनाले एउटा सर्जकलाई काठमान्डु र मोफसल पक्कै पनि भन्दैन । भलै काठमान्डौमा अवसवर ज्यादा होला ।
५.तपाइको बिचारमा कुन समयमा सुन्दर कविताकोे जन्म हुन्छ ?
सुन्दर कविता निश्चित यही समयमा जन्मिन्छ भन्ने हुदैन । सुन्दर कविता लेखनका लागि त प्रतिभा र साधनाको जरुरी छ । निरन्तर साधनाले नै हो सुन्दर कविताहरुको जन्म हुने । साधनाबिना सुन्दर कविताको आशा मिथ्या मात्र हो । हामीसँग कविता लेखन गर्नलाई हाम्रै वरिपरि बिषयहरु प्रशस्तै छन् जसलाई अभिव्यिक्तिको कलात्मक प्रश्तुतिले सुन्दर बनाउने हो ।
६. हेमन यात्रीको कविता यात्रा कसरी सुरु भयो ?
मैले धेरैपटक दिने प्रश्नहरुमध्येको एउटा प्रश्न हो यो । रेडियो, टेलिभिजन, पत्रपत्रिकामा धेरैपटक यसको जवाफ दिइसकेको छु । जतिपटक दिएपनि फरक जवाफै हुन्न मेरो । यसरी एउटै प्रश्नको जवाफ दिइरहदा अप्ठ्यारो पनि लाग्दो रहेछ । कहिलेकाही त यो प्रश्नै नसोधीदिए हुन्थयो भन्ने पनि लाग्छ । फेरि पनि जवाफ त उही तयारै छ मसित । जहाँ म जन्मे त्यो ठाउँ आफै कविता जस्तो ठाउँ छ । मलाइ जन्म दिने आमाब र गाउँलेहरु आफै कविता जस्ता लाग्छन् । सायद आमाको पेटमा रहँदै कला र साहित्य सुनिरहेको हुन्थे र सिकीरहेको हुन्थे । किनभने आमाले जंगलमा गोठालो जाँदाका असल साथी भनेकै त्यही गोठाले गीतहरु ह्ुन्थे सायद । जब म जन्मे र हुर्कदै गएँ , गाउँमा हरेक बर्ष कला, साहित्य र सङ्गीतको कार्यक्रम हुन्थ्यो । जहाँ हामी नाच्थ्थ्यो गाउँथ्यो र अभिनय गथ्र्यौ, हो त्यहीबाटै मेरो काव्य यात्राको शुरूवात भइसकेको थियो ।
७.साहित्यका अन्य थुप्रै बिधा छन् तर तपाई चै किन कबिताकै यात्रको सुरु गर्नु भयो ?
साहित्यको सबै बिधाहरु लेख्न नसकेरै मैले एउटा बिधा रोजेको हुँ । मेरो रोजाइमा कविता पर्यो । अभिव्यिक्तिको एउटा भरपर्दो माध्यम हो साहित्य । जहाँबाट आफूलाई व्यक्त गर्न सहज लाग्छ त्यहीँ बिधासँग खेल्ने हो । धेर बाठो भएर बिधाहरु आफैलाई सर्मिन्दा नवनाउँ भनेर म चाहीँ कविता कविता भन्दै हिँडेको हुँ ।
८.नेपाली साहित्यको बिकासमा मोफसका सृटाको कस्तो भुमीका छ ?
मोफसल र केन्द्र  भन्ने कुरा साहित्य सेवा र योगदानमा केही सम्बन्ध राख्दैन । काठमान्डुकाले पनि त्यही साधना गनेँ हो, मोफसलकाले पनि । संसारको जुनसुकै ठाउँमा रहेर नेपाली साहित्यको सेवा र योगदामा गर्नेहरुको उतिकै महत्व हुन्छ ।
९.सुन्दर कविता लेख्नका लागी एउटा कविसँग के के हुन जरुरी छ ?
महत्वपूर्ण प्रश्नका लागि धन्वाद छ अबिरल जी ! कविता लेखन भनेको आत्माको अभिव्क्ति पनि हो । एउटा कविको आत्मा जस्तो छ उसको कविता त्यही आत्मालाई साक्षी राखेर बाहिर आउने हो । छली र कपटी कविहरुबाट आफैजस्तो कविता आउनुको एउटा कारण त्यही आत्मा हो । आजका धेरै चल्तीका कविहरु कपट र छलीँ दुबै छौँ हामी । र कविता पनि हामीजस्तै । असल कवि त खोटाङका सराज किराती र पानथरका देबेन्द्र सक्तेनहरु नै हुन् । आजका पुस्ताले उनीहरुलाई खोजेर पढ्नु जरुरी छ ।
१०. नव आगन्तुक सृटालाई के सन्देश दिनुहुन्छ ?
म आफै एउटा नवआगन्तुक जस्तो कवि हुँ । मैले के सन्देश दिनुर साथीहरुलाई ? यति चाहिँ भनिहालौँ अरु कवि लेखकहरुलाई धेरै पढौँ र पढ्न लगाउँ । थोरै लेखौँ तर सुन्दर लेखौँ ।

यस खबरमा तपाईंको प्रतिकृया