पौष १४, काठमाडौं । सन् १९७० दशककी चर्चित लोक गायिका स्वर्गीय हिरादेवी वाइवाका गीतहरु अब नयाँ एरेन्जमेन्टमा आउने भएका छन् । हिरादेवीका सन्तानहरू नवनीत आदित्य वाइवा (छोरी) र सत्य आदित्य वाइवा (छोरा) ले आमाद्वारा गाइएका केही गीतहरूलाई पुनरजीवन दिन गीतहरूको रि–मास्टरिङ तथा रेकर्डिङ्ग गरेका छन् । ‘फरिया ल्याइदेछन, त्यो पनि राता घनन….’ ‘धनकुटाको डाँडैडाँडा, चल्यो हुलाकी…..’ ‘आइस्याङ्वो सहनाईको सङ्केतले सम्झायो सइबैलाई……’ जस्ता ठेट पूर्वेली भाकाहरू अब स्वर्गीय हिरादेवीकी सुपुत्री नवनीत आदित्य वाइवाको स्वरमा सुन्न सकिने छ ।
उनीहरुको राजधानीमा प्रेस भेटघाटको कार्यक्रम राखेर आफूहरुले आमाको गीतलाई पनर्जीवन दिनका लागि नयाँ एरेन्जमेन्ट र रिमास्टरिङ गरेको बताए । उनीहरुले नेपाली लोक जीवन, त्यसको मौलिकता र साँस्कृतिक भाव बोकेको हिरादेवीका स्वरहरूलाई आउँदा पुस्तासम्म पु¥याउनु मात्रै नभई नवनीत र सत्यले यसलाई आमाप्रतिको सच्चा श्रद्धाञ्जली समेत हुने बताएका छन् ।
सन् १९६६ मा पहिलो पटक रेडियो नेपालबाट गायन यात्रा शुरू गरेकी हिरादेवी वाइवाको सन् २०११ जनवरी ११ का दिन निधन भएको हो । करिब ४० वर्षे गायन अवधिमा उनले ३ सय भन्दा बढी गीतहरू गाएकी छन् । ती मौलिक तथा कालजयी गीतहरूलाई पुनरजीवन दिने अभियानमा दिदी–भाइ नवनीत र सत्यलाई चर्चित कुटुम्ब व्याण्डका सदस्यहरूले सघाएका छन् ।
आठ कक्षा फेललाई PHD को नक्कली उपमा भिराय भन्दैमा विश्वमै बहादुर सेना कहलियको नेपाली सेनाको अवमुल्यन गर्दै बिदेशी सेनालाई प्रबेश दिनु कहाँको स्वाभिमान र कताको राष्टबाद हो???
Shiva Poudelउत्पादक समाजमा उतपादकहरु हारेका छन जित्ने अनुहारहरु हेर्नुस् खेतालाले रोयल्टी ब्यबस्थापन कसरी गरलान???
Shiva Paudelसाफ फुटबल भारतमा हुदैछ। यदि भारतले नाकाबन्दी खोल्दैन भने नेपालले साफगेम बहिष्कार गर्न सक्नुपर्थ्यो अनिमात्र बिषयले अन्तराष्ट्रीय ठाउ पाउथ्यो
Pramod Kharelबुद्धी छ भने जनजाती भन्ने ले कङ्रेस छोडे हुन्छ !! त्यो बाहुन महाजनहरु को पार्टी हो !! कुल बहादुर गुरुङ को जीवनभर को त्याग र समर्पण लाई कती गम्भिर प्रकार ले अपमान गर्यो !! थुक्क बाहुन, हार्ने चुनाव अस्ती को प्रधानमन्त्री उठे जसरी आँफै किन नउठेको ?? पुरानो काङ्रेस प्रेमले होला आज निन्द्रा परेन !!
Subas Regmiसाथीहरु नमस्ते !संसार बदल्नु छ सुरुवात आफैबाट गर्नु छ !! म एक आम नेपाली !! तेसपछी मात्रै कलाकार
Shiva Pariyar