शनिबार, २३ भदौ २०७५
DainikNepal.com
शनिबार, २३ भदौ २०७५

साहित्यकार धरावासीको राधा मेरिल्याण्डको पुस्तकालयमा

दैनिक नेपाल २०७५ भदौ २२ गते ९:०१

विजय थापा

अमेरिका । साहित्यकार तथा उपन्यासकार कृष्ण धरावासीले लेखेको चर्चित उपन्यास राधा अमेरिकाको पुस्तकालयमा उपलब्ध हुन् थालेको छ ।

राधा उपन्यासको अंग्रेजी अनुबाद गरिएपछि मेरिल्याण्ड राज्यको एक पुस्तकालयले राख्न प्रारम्भ गरिएको हो ।

सेप्टेम्बर ६ तारिखदेखि उनको राधा उपन्यास मेरिल्याण्ड राज्यको चार्ल्स काउन्टीको वालडोर्फ़ पश्चिम शाखामा राखिएको छ । केही वर्ष अमेरिका बसेर उनी नेपाल फर्किएका छन् ।

धरावासी कथा विधामा र उपन्यासमा कलम चलाउन रूचाउँछन् । उनले विसं २०६२ सालमा राधा उपन्यासको निम्ति मदन पुरस्कार पाएका थिए ।

प्रतिक्रिया
सम्बन्धित