भरतपुर गोल्डकप : उपाधिका लागी आज संकटा र झापा ११ भिड्दै


चितवन, जेठ ४ । सिएमएस भरतपुर गोल्डकपको फाईनल भिडन्त आज हुँदैछ । अपरान्ह ४ बजेपछि हुने खेलमा उपाधिका लागी झापा ११ र संकटा क्लब आमुनेसामुने हुनेछन ।

झापा र संकटा सिधै बाई पाएर क्वार्टरफाईनलमा पुगेका थिए ।  यी दुवै टिमले प्रतियोगितामा दुई २ खेल जितेका छन । प्रतियोगितामा झापा ११ ले ३ गोल गरेको छ भने संकटाको ७ गोल भएको छ ।

संकटाले क्वार्टरफाईनलमा जावलाखेल युथ क्लबलाई टाईबेकरमा ३–१ गोल अन्तरले पराजित गरेको थियो भने सेमिफाईनलमा घरेलु टिम चितवन ११ लाई ४–२ ले पराजित गर्दै फाईनलमा पुगेको हो ।

उता झापा ११ ले क्वार्टरफाईनलमा च्यासल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको थियो भने सेमिफाईनलमा एपिएफलाई १–० गोल अन्तरले पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो ।

प्रतियोगितामा यी दुई टिमले गरेको प्रदर्शनलाई हेर्दा उपाधि भिडन्त निक्कै प्रतिस्पर्धात्मक हुने अनुमान गरीएको छ ।  नारायणगढको क्याम्पाचौरमा वैशाख २४ गत्तेदेखि जारी प्रतियोगिता आज सकिदैछ । ए जे ईन्टरनेसनल प्रालीद्धारा आयोजित प्रतियोगिताका विजेताले नगद ६ लाखसहित गोल्डकप र उपविजेताले नगद ३ लाख पाउने छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबरहरु

झापा स्पोर्टस् अवार्ड २०७६ : मनोनयन सार्वजनिक
विश्वकप छनोट : नेपाल र चाईनिज ताइपेइबीचको खेल स्थगित
राष्ट्रिय महिला लिग : एपीएफ र चन्द्रपुर खेल्दै
महिला लिगः आर्मीसँग वालिङ र पुलिससँग विराटनगर भिड्ने