७० लाख लिएर हनी बनीमा जोडिए अनमोल केसी

काठमाडौं । करिब १२ करोडको लगानीमा बन्ने भनिएको चलचित्र ‘एक्स नाइन’को निर्माण अनिश्चित कालका लागि रोकिएपछि अभिनेता अनमोल केसी अर्को नयाँ फिल्म ‘हनी बनी’मा जोडिएका छन् । यो फिल्मको निर्माण पक्षले आइतबार एक विज्ञप्ति जारी गर्दै फिल्मको रिलिज मितिसमेत घोषणा गरेको छ ।

अनमोलले यो फिल्मका लागि ७० लाख रुपैयाँ पारिश्रमिक लिएको निर्माण पक्षको कथन छ । यो चलचित्रलाई दिवाकर भट्टराईले निर्देशन गर्दै छन् । अनमोल गत साता नै यो फिल्ममा अनुबन्धित भए पनि निर्माण पक्षले आइतबार मात्र सो’bout जनाएको हो ।

नयाँ चलचित्र एक्स नाइनका लागि अनमोलले आफ्नो तौल बढाएर ९० केजी पु¥याएका छन् । चलचित्र हनी बनीका लागि त्यो तौलले असर नपार्ने निर्माण पक्षको कथन छ । सोही कारण उनी यो फिल्ममा जोडिएका हुन् । पछिल्लो समय थुप्रै फिल्ममा अनुबन्धित भएर छाड्दै आएका अनमोलले यो फिल्मको पनि छायांकन सुरु नभएसम्म उनले फिल्म गर्छन् भन्नेमा शंका छ । अनमोलसँगै फिल्ममा सलोन बस्नेत पनि मुख्य भूमिकामा चयन भएको निर्देशक दिवाकर भट्टराईले जनाएका छन् ।

यो फिल्मको धेरै जसो छायांकन बेलायतमा गरिने भएको छ । अर्को महिनाबाट यसको छायांकन सुरु गर्ने पनि दिवाकरले बताएका छन् । यो चलचित्रको प्रदर्शन दसैंको अवसर पारेर आगामी १४ असोजबाट गरिने भएको छ । चलचित्रको नायिका र बाँकी कलाकारको चयन चाँडै हुने पनि निर्देशक भट्टराईको कथन छ । चलचित्रलाई पुरुषोत्तम प्रधानले छायांकन गर्नेछन् ।

अजितकुमार थापा निर्माता रहेको यो चलचित्र एबी इन्टरनेसनलको ब्यानरमा गौतम प्रोडक्सन र भ्वाइस फिल्मस लिमिडेटले सहकार्यमा बन्ने भएको छ । अन्य निर्मातामा अमित बस्नेत, अजित केआर थापा र परी राना रहेको यो फिल्मको लगानी करिब ७ करोड रहने कार्यकारी निर्मातामा अंकित गौतमले बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 146 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

मिलनबिन्दु नभेटिँदा तनावमा प्रचण्ड

कुरी-कुरी