नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार चौथो,पाँचौ र छैटौं डान ग्रेडिङ्ग परिक्षा तथा दीक्षान्त सम्पन्न ।


नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार यहि मिति २०७८ साल चैत्र ९ र १० गते तालिम र ११ गते चौथो डान २७ औं समुह,पाँचौ डान १७ औं समुह र छैटौं डान ०८ औं समुहको ग्रेडिङ्ग परिक्षा सातदोबाटो स्थित राष्ट्रिय तेक्वान्दो एकेडेमीमा सम्पन्न भयो । उक्त परिक्षामा प्रदेश तथा विभागहरुबाट चौथो डानमा ७३ जना,पाँचौ डानमा १८ जना र छैटौँ डानमा २३ जना गरी जम्मा ११४ जना प्रशिक्षार्थीहरुको सहभागीता रहेको थियो । उक्त ग्रेडिङ्ग परिक्षा परिक्षा व्यबस्था उपसमितीका संयोजक श्री श्रीमान थापा मगरज्यूको संयोजकत्वमा देशभरीका १३ जना तेक्वान्दो प्रशिक्षकहरुद्धारा सम्पन्न गरिएको थियो । ग्रेडिङ्ग परिक्षा पश्चात दीक्षान्त समारोह भने राष्ट्रिय खेलकुद परिषदका सदस्य श्री सुवास श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा नेपाल तेक्वान्दो संघका महासचिव श्री दीपराज गुरुङ्ग,नेपाल तेक्वान्दो संघका सदस्यज्यूहरु ,प्रदेश तेक्वान्दो संघका अध्यक्ष लगायत विभिन्न जील्ला तेक्वान्दो संघका अध्यक्षज्युहरुको उपस्थिीतीमा सो कार्यक्रम सम्पन्न भयो ।