:
Home | विदेश | गद्दाफीको ४१ वर्षे शासन अन्त्य

गद्दाफीको ४१ वर्षे शासन अन्त्य

Font size: Decrease font Enlarge font
image

आफ्नै गृहनगर सिर्तमा मारिए गद्दाफी

एजेन्सी

त्रिपोली, ३ कात्तिक

लिबियाका सत्ताच्युत सैनिक शासक मुअमर अल गद्दाफी बिहीबार आफ्नै गृहनगर सिर्तमा मारिएका छन् । लिबियामा कण्र्ाेल गद्दाफी ४१ वर्षदेखि सत्तासीन थिए ।

राष्ट्रिय संक्रमण्ाकालीन परिषद् (एनटिसी)का अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले गद्दाफी बिहीबार सिर्तमा मारिएको जनाएका छन् । लिबियाली अन्तरिम परिषद्का प्रधानमन्त्री मुहम्मद जिबि्रलले गद्दाफी मारिएको पुष्टि गरेका छन् । 

गद्दाफीसँगै उनका छोरा मुतासिम र इन्टेलिजेन्स ब्युरोका प्रमुख अब्दुल्लाह अल सेनुस्सी पनि मारिएको परिषद्का प्रवक्ता अनिस अल सारिफले बताएका छन् । अल जजिरा, सिएनएन र बिबिसीसहितका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले गद्दाफीको सरकारका रक्षामन्त्री अबु बक्र युनिस पनि मारिएको र प्रवक्ता मौसा इब्राहिम समातिएको उल्लेख गरेका छन् । गद्दाफीको गृहनगर सिर्त लिबियाको राजधानी त्रिपोलीबाट तीन सय ६० किलोमिटर पूर्वमा पर्छ ।

अन्तरिम परिषद् एनटिसीका ११औँ बि्रगेड कमान्डर अब्दुल हाकिमले गद्दाफीको शव अबु बक्र युनिससँगै देखेको बताएका छन् । 'मैले आफ्नै आँखाले उनलाई मारेको देखेको हुँ,' हाकिमले बेलायती समाचार संस्था रोयटर्सलाई तस्बिर देखाउँदै भनेका छन् । राष्ट्रिय संक्रमण्ाकालीन परिषद्का कमान्डरबाट गृहनगरमै पक्राउ परेका उनी घाइते भएको समाचार आएको केहीवेरमै उनी मारिएको एजेन्सीहरूले जनाएका छन् ।

४१ वर्षदेखि सत्तासीन कर्णेल गद्दाफीको अन्र्तराष्ट्रिय न्यायिक अदालतले गिरफ्तारी जारी गरेको थियो । उत्तर एटलान्टिक सन्धि संगठन -नेटो) का सैनिकहरूले गद्दाफीको गृहनगरमा हमला सुरु गरेको झन्डै ६ महिनापछि उनी मारिएका हुन् । उनलाई सिर्तबाट 'गम्भीर घाइते' अवस्थामा समातिएको एनटिसीका अधिकारी मोहम्मद लेथलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । बिबिसीका अनुसार पक्राउ गर्नेक्रममा गद्दाफी 'गोली नचलाऊ' भन्दै चिच्याइरहेका थिए । 

यसैबीच, गद्दाफी समातिएको खबरपछि विद्रोहीहरूले खुसीयाली मनाएका छन् । उनीहरूले हवाई फायरिङ गर्दै 'ईश्वर महान् छन्' भनिरहेका छन् । प|mान्स, बेलायत र अमेरिकालगायत पश्चिमा देशले परिषद्लाई मान्यता दिइसकेका छन् । तर, चीनले गद्दाफी शासनविरुद्धको आन्दोलन सुरु भएदेखि नै विरोध गर्दै आएको थियो । 

गद्दाफी मारिएपछि विश्वका विभिन्न मुलुकले प्रतिक्रिया दिने क्रम जारी छ । बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले भनेका छन्, 'गद्दाफीबाट पीडितका लागि आजको दिन सम्झनायोग्य रहनेछ । अब लिबियाली जनतालाई सुन्दर लोकतान्त्रिक भविष्य बनाउने बाटो खुलेको छ । बेलायतले खेलेको भूमिकाप्रति म सन्तुष्ट भएको छु ।' 

संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले लिबियाली जनतालाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन् । उनले भनेका छन्, 'यो प्रतिशोध लिने वेला होइन, पुनर्निर्माण र संगठित हुने वेला हो । म लिबियाली जनतालाई धैर्य गर्न आग्रह गर्छु ।' प|mान्सेली राष्ट्रपति निकोलस सार्कोजी र विदेशमन्त्री अलाइन जुप्पेले लिबियामा ४१ वर्षदेखिको तानाशाही शासनको अन्त्य भएको जनाएका छन् । 

गद्दाफी सन् १९६९ देखि लिबियामा शासन गर्दै आएका थिए । उनी इजिप्टका तत्कालीन राष्ट्रप्रमुखको राजनीतिबाट प्रभावित थिए । उनको शासनविरुद्ध गत फेब्रुअरीदेखि आन्दोलन सुरु भएको थियो । अमेरिका, बेलायत, पन्स, युरोपेली देशलगायत अन्तर्राष्ट्रिय समुदायको सहयोगमा विद्रोहीहरूको आन्दोलन सफल हुँदै गएपछि गद्दाफी सत्ता छाडेर लुकेका थिए । अन्तरिम परिषद् र नेटो गठबन्धनले गद्दाफीको व्यापक खोजी गर्दै आएका थिए ।

को हुन् गद्दाफी

कर्णेल मुअम्मर ग्ाद्दाफी ७ जुन १९४२ मा लिबियाको सिर्तमा जन्मेका थिए । उनले लिबियाको सवाहबाट प्रारम्भिक शिक्षा लिएका थिए । उनी इजिप्टका राष्ट्रप्रमुख गमाल अब्दुल नासिरबाट प्रभावित थिए । सन् १९५२ मा प्लोलेस्टानको पक्ष लिएर सुइज क्राइसिसको वेलामा इजरायलविरोधी आन्दोलनमा सहभागी भएका उनी सन् १९६१ मा बेंघाजीस्थित लिबियाली सैनिक एकेडेमीमा अध्ययनका लागि भर्ना भए । सो एकेडेमीबाट उनले १९६६ मा स्नातक सकेका थिए । उनले बेलायतबाट चारमहिने सैन्य तालिम पनि लिए । त्यसपछि उनी कमिसन्ड अफिसरका रूपमा सेनामा प्रवेश गरेका हुन् । 

कर्णेल गद्दाफीले सैन्य शक्तिको प्रयोग गरी सन् १९६९ मा सत्ता हत्याउन सफल भएका थिए । उनी सन् १९०० को दशकपछि अरब क्षेत्रकै सबैभन्दा धेरै समय शासन गर्ने चौथो शासकका रूपमा चिनिए । सन् १९६९ मा सत्ता हत्याएपछि उनले त्यहाँको संविधान अन्त्यको घोषणा गर्दै नयाँ कानुन देशमा ल्याए, जसलाई दि इन्टरनेसनल थ्योरी भनियो । 

गद्दाफीले 'दि गि्रन बुक' नामक पुस्तक पनि प्रकाशन गरेका छन् । उनले आफूलाई 'दि ब्रदर लिडर', 'गाइड अफ दिन रिभोलुसन' र 'किङ् अफ दि किङ्' का रूपमा मान्थे । उनको शासनकालमा लिबियाका जनताको प्रतिव्यक्ति आयमा समेत उल्लेख्य वृद्धि भयो । 

सन् २०११ मा मध्यपूर्वका अन्य छिमेकी देशहरू इजिप्ट, ट्युनिसिया, बहराइन र यमनमा सरकारविरोधी प्रदर्शन भएसँगै लिबियामा पनि सरकारविरोधी आन्दोलन चर्केको थियो । सो प्रदर्शनलाई प|mान्स, अमेरिका र बेलायतसहितका अन्तर्राष्ट्रिय शक्तिकेन्द्रको समर्थन र सहयोग रह्यो । नेटो गठबन्धनको सेनालाई लिबिया आक्रमणमा खटाइयो । निरन्तर नेटो गठबन्धनले आक्रमण गर्दै गद्दाफीको शासनलाई कमजोर पार्दै लग्यो । गद्दाफीको गृहनगर सिर्तमा भएकै आक्रमणमा उनी मारिए ।

From Other News sources (English)

India-Nepal Trade up 36%, more hydro projects on cards - Microfinance Monitor

Microfinance MonitorIndia-Nepal Trade up 36%, more hydro projects on cardsMicrofinance MonitorNepal Trade Minister Anil Kumar Jha meeting the Union Minister for Commerce & Industry and...
 Visit website

Nepal drawn with Lanka, Pakistan - Cricket Nepal

Nepal drawn with Lanka, PakistanCricket NepalNepal will play Sri Lanka in opening day of the SAARC Twenty20 Cricket Tournament as it is drawn in a...
 Visit website

Nepal bridge collapse claims Indians - Times of India

AFPNepal bridge collapse claims IndiansTimes of IndiaKATHMANDU: Less than a month after a mountain flight in central Nepal crashed and claimed 10 Indian tourists, most...
 Visit website

Bank of Asia wins title - Republica

RepublicaBank of Asia wins titleRepublicaBishnu Hari Neupane of Nepal Bank was declared the best bowler of the tournament as he took five wickets in three...
 Visit website

Opposition slams Bhattarai over BIPPA 'gamble' - Hindustan Times

India TodayOpposition slams Bhattarai over BIPPA 'gamble'Hindustan TimesNepal's Maoist prime minister Baburam Bhattarai's fears of a backlash over signing of the Bilateral Investment Promotion and...
 Visit website

Subscribe to comments feed Comments (0 posted)

total: | displaying:

Post your comment

  • Bold
  • Italic
  • Underline
  • Quote

Please enter the code you see in the image:

Captcha

Log in

Or you can

Connect with facebook

Featured author

Poll: नयाँ संविधान

२०६८ जेठ १४ भित्र नयाँ संविधान जारी नभए फेरि संविधानसभाको म्याद थप्नुपर्ला ?