राईझुमाले चर्चाको शिखरमा पुगाएका लोक देउडा गायक यज्ञराज उपाध्याय !

0

नवराज पनेरु, धनगढी २७ चैत ।

 

सुदुरपश्चिमको पहिचानसंग जोडीएको लोक देउडा भाका धेरैको बुझाईमा अहिले लोभ भईरहेको छ । तर वास्तवीक भाका लोप भईरहेपनि देउडाको विस्तार भने देश विदेशमा भईरहेको कुरा सबैले स्वीकार गर्छन् । सुदुरपश्चिम र मध्यपश्चिममा मात्र सिमित देउडा भाकामा जब राई झुमा गीतको आगमन भयो तब देशब्यापी रुपमा देउडा गीतले पहिचान पाउन थाल्यो । यसै गीतका गायक हुन यज्ञराज उपाध्याय ।

 

भनिन्छ आफैले जन्माएका छोरीछोरी मध्ये कुनै एकलाई राम्रो र अर्कोलाई नराम्रोको संज्ञा दिन आमावुवालाई धेरै अप्ठेरो हुन्छ । तर समाजले भने सहजै छुट्याउन सक्छ । गायक यज्ञराज उपाध्यायले पनि दर्जनौ लोक देउडा गित जन्माए तर चिनायो एउटै गित राईझुमाले । अछाम जिल्ला जन्मथलो भई अध्ययनका बेला २०४२ सालतिर नेपालगञ्जमा आयोजना भएको गायन प्रतियोगीतामा गायक यज्ञराज उपाध्यायले पहिलो पटक राईझुमा गित गाएर प्रथम भए ।

 

२०४४ सालमा सोही गितबाट रेडियो नेपालमा स्वर परिक्षण पास पनि गरे । तर २०५० सालमा उक्त गित रेकर्ड भएपछि सुदुरपश्चिम र मध्य पश्चिमका केहि जिल्लामा मात्रै सिमती भएको देउडाले देशव्यापी पहिचान पाएको हो । सुदुरपश्चिम बाहीरका धेरैको बुझाईमा देउडा र राईझुमा गित पर्याबाची शब्द जस्तै बनेका छ । जव देउडा संगितमा राईझुमाको आगमन भयो त्यसपछि सुदुरपश्चिमका ९ जिल्लामा गाईने देउडाका भाकाहरु पुर्वमा पनि गुन्जीन थालेभने धेरै सुदुरपश्चिमेलीले देउडाको विस्तारका लागी विदेशमा पनि राईझुमा गित गाए ।

 

एउटै गितले चर्चाको शिखरमा पुगाएपछि गायक यज्ञराज उपाध्यायको लोक देउडा गायनमा पनि निकै व्यस्तता बढ्यो । नेपाल संगित तथा नाट्य प्रतिष्ठानमा सुदुरपश्चिमबाट पहिलो प्राज्ञ सदस्य बन्नुभएका गायक उपाध्यायले राई झुमाको सफलता पछि पनि एक दर्जन बढि लोक देउडा एल्वम बजारमा ल्याए । तर जुन उचाई राईझु गितले पायो अन्य गितले पाउन सकेनन् । धेरैलाई ’राइझुमा’ र गायक यज्ञराज उपाध्याय पर्याय झैं लाग्छन् ।

 

अढाई दशकअघि गाएको राइझुमाले अहिले पनि श्रोताहरूको ’वान्समोर’ पाउने गरेको छ । धेरैले यही भाकालाई देउडा पनि सम्झिन थालेका छन् । सुदुरपश्चिमका मेला महोत्सवमा आउने राष्ट्रीय भनिएका कलाकारहरु पनि यहि गितबाट आफ्नो प्रस्तुती सुरु गर्छन् । नेपाल संगित तथा नाट्य प्रतिष्ठानमा सदस्य भएका बेला उपाध्यायले सुदुरपश्चिमका कला सस्कृतीको संरक्षणमा खेलेको भुमीकाको अहिले पनि चर्चा हुन्छ । उपाध्ययले यस क्षेत्रमा गुम्सीयर रहेको लोक सस्कृतीको विस्तार र ओझेलमा परेका कलाकारहरुलाई आफ्नो कार्यकालयमा सम्मान गर्नुभएको थियो ।

Share.

Leave A Reply