Picture

नेपालकै पहिलो अन्तर जलाधार जल स्थान्तरण आयोजना (भेरी-बबई डाइभर्सन बहूउद्देश्य आयोजना) मा प्रथम पटक Tunnel Boring Machine (TBM) द्वारा १२.२ कि.मी लामो सुरुङको ब्रेकथ्रु सम्मानिय प्रधानमन्त्री श्री केपी शर्मा ओलीको समउपस्थितिमा सम्पन्न

२०७६/०१/०३
Picture

जलश्रोत तथा सिंचाइ विभागको प्रथम महिला महानिर्देशकको रुपमा मिति २०७५/०९/०९ मा श्री सरिता दवाडीको नियुक्ति

२०७५
Picture

सिंचाइ बिभाग तथा जल उत्पन्न प्रकोप व्यबस्थापन बिभागलाई एकीकृत गरी जलश्रोत तथा सिंचाइ बिभाग को स्थापना

२०७४
Picture

जल उत्पन्न प्रकोप नियन्त्रण बिभाग को नाम परिवर्तन गरी जल उत्पन्न प्रकोप व्यबस्थापन बिभाग राखिएको

२०७३
Picture

जल उत्पन्न प्रकोप नियन्त्रण बिभाग अन्तर्गत २४ डिभिजन र २ सब डिभिजन कार्यालयको स्थापना

२०७२
Picture

सिंचाइ व्यबस्थापन डिभिजनहरुको संख्या ८ वटा बाट बढाएर १३ वटा बनाइएको

२०७२
Picture

सम्पूर्ण जिल्लाहरुमा सिंचाइ सेवा प्रवाह गर्न सहज बनाउने हेतुले काठमाण्डौ उपत्यका भित्र एक र बाँकी प्रत्येक जिल्ला हरुमा एक एक गरी जम्मा ७३ डिभिजन/सब डिभिजनहरुको स्थापना

२०७२
Picture

जल उत्पन्न प्रकोप नियन्त्रण बिभाग अन्तर्गत ७ डिभिजन र ५ सब डिभिजन कार्यालयहरुको स्थापना

२०५८
Picture

जिल्ला सिंचाइ कार्यालयहरु हटाई २६ सिंचाइ विकास डिभिजन, २० सिंचाइ विकास सब डिभिजन ,८ सिंचाइ ब्यबस्थापन डिभिजन तथा ३ यान्त्रिक डिभिजनहरुको स्थापना

२०५८
Picture

सिंचाइ बिभाग अन्तर्गत रहेको जल उत्पन्न प्रकोप नियन्त्रण प्रबिधि केन्द्र (Disaster Prevention Technical Centre)को क्षेत्राधिकार थप गरी छुट्टै जल उत्पन्न प्रकोप नियन्त्रण विभागको स्थापना

२०५६
Picture

सबै ७५ जिल्लाहरुमा जिल्ला सिंचाइ कार्यालयहरुको स्थापना

२०४५
Picture

सिंचाइ विभागको स्थापना

२०४४
Picture

थप एउटा निर्देशनालयको स्थापना गरेर क्षेत्रीय निर्देशनालयको संख्या चार वटा बाट पाँच वटा पुर्याइयो

२०३७
Picture

क्षेत्रगत रुपमा चार वटा क्षेत्रीय निर्देशनालयहरुको स्थापना

२०२८
Picture

आयोजनागत रुपमा सिंचाइ प्रणालीहरुको देश भर निर्माण कार्यको थालनी


 

२०१३-२०२७
Picture

नहर विभागको जिम्मेवारी प्रथम पटक नेपाली प्राबिधिकबाट शूरु | प्रथम चिफ इन्जिनीयरको रुपमा श्री मेदिनीनाथ भट्टराईको नियुक्ति

२०१३
Picture

नहर विभागको स्थापना

२००९
Picture

वि.सं २००० सालमा सर्लाही जिल्लामा जुद्ध नहरको निर्माण


 

२०००
Picture

नेपाल को पहिलो आधुनिक नहर चन्द्र नहरको निर्माण कार्य सप्तरी जिल्लामा वि.सं १९७९ मा सुरु भइ वि.सं १९८५ मा कार्य सम्पन्न भएको


 

१९७९-१९८५